समाचारले मानहानी भएको भन्दै ज्योति मगरद्वारा उजुरी



Jyoti

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अहिले चर्चा र विवादमा रहेकी लोकगायिका ज्योति मगरले आफूसँग सम्बन्धित नै नभएका समाचारहरु विभिन्न अनलाइनहरुले प्रकाशित गरी मानहानी गरेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गराएकी छिन् ।

केहि दिन अगाडी बालाजुमा एक गीतको सुटिङका क्रममा कुटिएको भन्ने नकारात्मक खबरहरु प्रकाशन भएको र उक्त समाचारले आफुलाई निकै धक्का पुगेको गायिका मगरले बताएकी छिन् । उनले उजुरीमा भनेकी छिन्, ‘मेरो बारेमा आएका विभिन्न समाचारहरु गलत हुन यदि मेरो बारेमा आएका समाचारहरु प्रकाशित गर्ने अनलाइन प्रेस काउन्सिलमा दर्ता भए तत्काल कारबाही गर्न माग गर्दछु ।’

ज्योतिले प्रेस काउन्सिलमा दर्ता भएका अनलाइनहरु हुन् भने आचार संहिता अन्तर्गत साइबर क्राइम डेस्कबाट कारबाही गर्न पनि ज्योतिले माग गरेकी छिन् । उनले आफ्ना विरुद्ध समाचार छाप्ने अनलाईन र समाचारको प्रति समेत पेश गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu