अविवाहित कोमलले तीजमा व्रतबस्न करगरेपछि…(भिडियो)



Susil-and-Komal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्ष आँफैले तीजका लागी एल्बम बजारमा नल्याएपनि गायिका कोमल ओलीले तिजमा गाउने गीतलाई भने निरन्तरता दिएकी छिन् । ‘पानी नखाई’ बोलको सार्वजनिक तीजको गीतमा अजय अधिकारी शुसिलको साथमा कोमलले आवाज भरेकी छिन् ।

अजयको एल्बममा समावेश तिजको यो गीतमाकोमल विवाहित महिलाको भुमिकामा देखिएकी छिन् । अजय अधिकारीकै रचना र संगीत रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन् । भिडियोमा कोमल अजयको श्रीमतीको भुमिकामा देखिएकी छिन् ।

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । कोमलको ‘पोइला जान पाम’, ‘भेटिएन कोई’, ‘हत्तेरीका शिवजी लगायतका तिजका गीतहरु अहिले पनि उतिक्कै चर्चित छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu