आकाशले बनाए विद्यालयको लागि पक्की भवन



aakash-school

चलचित्र निर्देशक एवं कलाकार आकाश अधिकारीले आफ्नो सामाजिक संस्था ‘आशाको ज्योती नेपाल’ मार्फत शंखु ८, ललितपुरमा रहेको श्री कालीदेवी प्राथमिक विद्यालयको लागि पक्की भवन निर्माण गरी हस्तान्तरण गरेका छन् । सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले शनिबार उक्त विद्यालयको तीन कोठे भवन व्यवस्थापक समितिका अध्यक्ष लालबहादुर घिमिङलाई हस्तान्तर गरेका हुन् । यो विद्यालयको भवन निर्माणमा ग्लोबल रिच इन्टरनेशनलको सहयोग गरेको हो ।

विद्यालय हस्तान्तरण कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले भूकम्प पछिको विषम् परिस्थितिमा नेपाली फिल्मका कलाकारले पुर्याएको सेवा तथा सहयोगको प्रशंसा गरेका थिए । उनले कार्यक्रममा भने, ‘सरकारले मात्रै सबै चिज गर्न सक्तैन् । सुखद् जीवन यापनमा फर्कन सबै व्यक्तिको सहयोगको आवश्यक छ’ ।

आकाश अधिकारीले आफ्ना आफन्त साथीभाईको सहयोगबाट आफुले यस प्रकारको सहयोग गर्न सफल भएको बताए । उनले भने, ‘जब यो ठाउँमा आए, त्यसपछि मलाई विद्यालय बनाउँदा उचित हुन्छ जस्तो लाग्यो ।’ बर्षा सकिएपछि ‘आशाको ज्योती नेपाल’ ले रसुवामा बीस वटा प्रा.वि. तहका विद्यालय निर्माण गर्ने समेत आकाशले जानकारी दिए । उनले आफ्नो संस्था मार्फत विभन्न भूकम्प प्राभावित जिल्लाहरुमा राहत वितरण सँगै स्वास्थ्य शिविर चलाएका थिए भने सुत्केरी तथा गर्भवती महिला लाई एक सय बढी थान टेन्ट समेत बाँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu