‘लब सब’ लाई लस्टसोसाईटिको साथ



lost-society

आउँदो भाद्र २५ गते देखी देशव्यापी प्रदर्शनमो तयारीमा रहेको नेपाली कमेडी चलचित्र ‘लब सब’ को प्रचार प्रसार यति बेला आक्रमक तरिकाले अगाडी बढिरहेको छ । प्रदर्शन मिति नजिकदै गर्दा चलचित्रको जम्बो यूनिट नै चलचित्रको प्रचारमा तन मन लगाएर अगाडी बढेको दखिन्छ ।

राम्रो चलचित्र सँधै सफल हुन्छ भन्ने मूल नाराका साथ यूवाहरु नै चलचित्र लब सबको प्रचारमा हिँडेका छन् । नेपालका विभिन्न ठाउँहरुमा समाज सेवामा जुटेका युवाहरु काम गर्दै आएको Lostsociety Organization का अमन बिक्रम थापा र उनका हजारौँ सदस्यहरुले समेत चलचित्र लब सब टिमलार्इ सफलताको शुभकामना साथै आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाएका छन् ।

आर बि इन्टरटेन्मेण्टसँग कुरा गर्दै संस्थाका अध्यक्ष थापाले चलचित्र लब सब युवाहरुलाई टार्गेट गरेर बनेको र चलचित्रको टिजर हेरेपछि आफुलाई एकदम मन परेको हुँदा चलचित्रलार्इ आफुले साथ दिने र आफ्ना देशभरि छरिएर रहेका सदस्यले राम्रो चलचित्र हेर्नबाट बन्चित नहुन भनेर समेत सहयोग गरेको बताए । उनले अगाडी भने, ‘मैले र मेरा सदस्यहरुले राम्रो चलचित्र आए सधै सहयोग गर्ने छौं म सबैलाई एक पटक आग्रह गर्न चाहन्छु की चलचित्र लब सब एक पटक सबैले हेरिदिनु होला’ ।

कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu