पुन:निर्माणमा सहयोग गर्न नेपाल आए कुनाल कपुर



Kunal-Kapoor

बलीउड अभिनेता कुनाल कपुर बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणमा सहयोग गर्न नेपाल आएका छन् । सोमबार दिउँसो नेपाल उत्रिएका कुनालले आफ्नो आधिकारिक ट्विटर मार्फत नेपाल आइपुगेको जानकारी गराएका हुन् ।

‘रंग दे बसन्ती’ र ‘डन २’ जस्ता चलचित्रमा अभिनय गरिसकेका कुनालले धेरै टेलिसिरियलमा समेत अभिनय गरिसकेका छन् । कपुर सहसंस्थापक रहेको सामाजिक सस्था ‘केयर’ र च्यारिटी सस्था ‘केटटो’ को प्रोजेक्टका लागि अबलोकन गर्न नेपाल आएको बुझिएको छ । अभिनेता कुनाल केहि दिन नेपालमै रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu