यिनि हुन् ‘पशुपति प्रसाद’



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसअघि टलकजंग तथा टुल्केको नामले चिनिएका खगेन्द्र लामिछाने अब ‘पशुपति प्रसाद’ले चिनिने छन् । अघिल्लो पटक अनौठा नामले पुकारिएका उनि यसपाली भने नेपाली समाजमा चल्तीको नामले चिनिदैछन् । नाम चल्तीको भएपनि उनको प्रस्तुती भने अनौठो हुनेछ ।

मंगलवार सबेरै निर्देशक दिपेन्द्र के. खनालले खगेन्द्र अभिनित नयाँ चलचित्र ‘पशुपति प्रसाद’को एक पोष्टर सार्वजनिक गरेका छन् । पोस्टरमा मन्दिरको साथमा हनुमानको मुर्ती र खगेन्द्रको अनौठो तस्विर राखिएको छ । तस्वीरमा उनि सारी लगाई लजाएको अवस्थामा देखिएका छन् ।

माघ १५ मा रिलिज हुने यस चलचित्रमा खगेन्द्रको साथमा बर्षा शिवाकोटी, विपिन कार्की, प्रकाश घिमिरे, रबिन्द्र सिंह बानियाा, मिश्री थापा, आशिष अधिकारी लगाएतको अभिनय हुनेछ ।

निर्देशक खनालका अनुसार मान्छेले देख्दै नदेख्ने सपना देखेर शहरका गल्लीमा क्रुर समाजसँग पैँठेजोरी खेल्ने पशुपति प्रसादको कथा चलचित्रले बोल्नेछ । चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको छ । टुकी आर्टस् प्रा. लि. र डि के के प्रोडक्सनको ब्यानरमा बनेको ‘पशुपती प्रसाद’मा निर्माता रजना नापित, कार्यकारी निर्माता रोजिना सिटौला, सह-निर्माता अर्जुन कार्की रहेका छन् ।

चलचित्रलाई पपकर्न पिक्चर्सले वितरण गर्नेछ ।यस चलचित्रमा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, सहायक निर्देशक आशिष अधिकारी, निर्माण व्यवस्थापक शंकर पाण्डे, द्वन्द्व निर्देशक सुर्य थोकर, छायाँकार निरज कँडेल, सम्पादक दीर्घ खड्का, संगीतकार हरि लम्साल, पार्श्र्व संगीतकार जेशन कुावर, गीतकार डा. कृष्णहरि बराल रहेका छन् ।

पोस्टर हेर्नुहोस्:

Pasupati-prasad

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu