भारतिय गायक अरिजीत सिंहलाई अंडरवर्ल्डको धम्की



Arijit-Singh

प्रसिद्द भारतिय गायक अरिजीत सिंहलाई अंडरवर्ल्डको धम्की आएको छ । यस बारेका उनले मुंबईको ओशिवारा पुलिस स्टेशनमा उजुरी दर्ता गराएका छन् ।

भारतिय संचारमाध्यमका अनुसार अन्डरवर्ल्ड डन रवि पुजारीका व्यक्तिले अरिजितलाई फोनमार्फत धम्काएका हुन् । धम्क्याउँदै उनिसँग फिरौती समेत मागेका छन् । अरिजितलाई ‘कि पाँच करोड दे कि निशुल्क शो गरिदे’ भन्दै धम्की आएको हो ।

अरिजितले अमेरिकामा एक लाईभ शो गर्ने तयारीमा थिए । आयोजकले अन्तिम समयमा मात्र कन्‍फर्मेशन दिएपछि अरिजितले उक्त शो मा जान इन्कार गरेका थिए । बताईए अनुसार धम्की दिने पुजारीका व्यक्तिले उहि आयोजकसँग अमेरिकामा शो गर्न भनेका थिए ।

अरिजीतलाई ‘आशिकी २’ को गीत ‘क्योंकि तुम ही हो…’ बाट पहिचान मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu