६४ बर्षका रजनिकान्त डन बन्दै



Rajinikanth

उमेरले ६४ बर्ष पुगिसकेका दक्षिण भारतिय चलचित्रका सुपरस्टार रजनिकान्त अझै पनि चलचित्रको पर्दामा देख्दा उस्तै युवा नायकको रुपमा देखिन्छन् । मेकअप बिना सायद रजनिकान्तलाई चिन्न उनका फ्यानहरु नै सक्दैनन् किनकी हामीले पर्दामा देखेको रजनिकान्त र रियल लाइफकै रजनिकान्तको अनुहारमा धेरै फरक छन् ।

अनुहारमा काला दागहरु, चाहुँरी पर्दै गएका गाला देख्दा उनलाई जो कोहिँले पनि साधारण मान्छे सोच्छन् तर उनी पर्दामा सोहि अनुहारका साथ मेकअपमा देखिँदा उनका फ्यानहरु नै सोचमग्न हुने गर्छन् । अब उनै सुपरस्टार रजनिकान्त आफ्नो १५९ औँ चलचित्रमा चेन्नईस्थित मायलापुरको डनको भूमिकामा देखिने भएका छन् ।

चलचित्र काबलीमा रजनिकान्त डन बन्न लागेका हुन् । चलचित्रको सुटिङ सेप्टेम्बर १७ बाट सुरु हुने जनाइएको छ । चलचित्रमा रजनिकान्तका अलावा राधिका अप्टे, धनसिका, कलैअरसन लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu