फागुनमा फूल्दैछ निता र आमेशको प्रेम



aamesh-neeta

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रियल लाइफमै प्रेमी-प्रेमीका रहेका नायिका नीता ढुंगाना र नव नायक आमेश भण्डारी अभिनित चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ गते देखिबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको छ । निर्देशक दिनेश डिसीका अनुसार अब चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ फागुन २१ बाट प्रदर्शन गरिने छ ।

विभिन्न सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्देशक डिसीले भने, ‘चलचित्र प्रदर्शन गर्न अनुकुलको बातावरण नभएका कारण हालसम्म सार्वजनिक गरिएको प्रदर्शन मितिमा चलचित्र प्रदर्शन गर्न सकिएन । तर अब चलचित्रलाई फागुन २१ गते नै प्रदर्शन गर्ने छौं ।’ तपाईहरुलाई याद रहोस् चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को यसभन्दा अघि प्रदर्शन मिति घोषणा गरिसकिएको थियो ।

निर्देशक डिसीका अनुसार चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को दशैंको अवसरमा अमेरिकामा भब्य प्रदर्शन समेत गरिँदै छ । निता ढुङ्गाना र आमेश भण्डरीको मुख्य भूमिका रहेको यो चलचित्रमा पूर्ण प्रेम कथामा आधारित छ । निर्माता एवं निर्देशक डिसीले ‘फूलै फूलको मौसम तिमीलाई’ को प्रचार प्रसारलाई व्यापक गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu