विदेशी चलचित्रबाट धेरै सिक्न सकिन्छ: राई



फाईल तस्वीर
फाईल तस्वीर

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राई विदेशी चलचित्रहरुबाट पनि धेरै कुरा सिक्न सकिने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बलीउड र हलीउड चलचित्रबाट कपी नगरी ति चलचित्रबाट धेरै सिक्नुपर्ने बताएका हुन् ।
Subscribe us on YouTube:-

राई भन्छन्, ‘नेपाली चलचित्र कुनै पनि बलीउड र हलीउड चलचित्रबाट प्रेरित हुन हुन्न किनकी हाम्रा चलचित्रहरुमा नेपालीहरुले सधै आफ्नो गाँउको कथा खोज्छन्, आफ्नै गाँउको व्यथा चलचित्रको पर्दामा देख्न चाहन्छन्, त्यसैले हामी कहिले पनि बलीउड र हलीउड चलचित्रबाट प्रेरित रहनु हुन्न तर हामीले ति विदेशी चलचित्रबाट भने धेरै कुरा सिक्न सक्छौं’ उनले भने, ‘उनीहरुले गरेका काम, चलचित्रको संवाद, कथावस्तु छनोट, मेकिङ लगायतका कुराहरुबाट पनि हामीले केहि कुरा सिक्न आबश्यक छ’ । चलचित्रलाई स्तरीय बनाउन विकास बोर्ड हरदम तत्पर रहेको पनि राईले बताए ।

‘चलचित्रको मेकिङमा मात्र हामीले ध्यान दिन सक्यौ भने नेपाली चलचित्र नचल्ने भन्ने हुँदैन तर हामीले मेकिङमा कमजोर गर्दा चलचित्र नचल्न सक्छ’ राई भन्छन्, ‘हामीले चलचित्र निर्माण गरिरहदाँ मेकिङ, संवाद, पटकथा लगायतको कुराहरुलाई पनि विशेष ध्यान दिनु पर्छ ।’ बुधबार राजधानीमा चलचित्र परदेशीको कार्यक्रममा बोल्दै उनले भने, ‘नेपाली चलचित्रको विकासका लागी तपाईहरुले केहि सोचिरहनु भएको छ भने आँउनुहोस् हामी त्यो विषयमा छलफल गरौं । चलचित्र विकास बोर्ड राम्रो कुरालाई सधै समर्थन गर्छ’ ।

राईले आफु नेपाली चलचित्रको विकास र स्तर उन्नतीका लागी सरकार समक्ष पनि विभिन्न छलफल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu