रेखा लागिन् ३२ बर्षमा



rekha-thapa-32
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रकी सफल नायिका रेखा थापा शनिबारबाट ३२ बर्षमा लागेकी छिन् । हिरो चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी रेखाले अहिलेसम्म १०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

Subscribe us on YouTube:-

बेलबारी मोरङमा जन्मिएकी रेखा अन्य नेपाली नायिकाहरु भन्दा बढि नै चर्चा र विवादमा तानिने नायिका पनि हुन् । पल्छिलो पटक नायिका हुदै निर्मात्री र निर्देशक समेत बनेकी रेखा अब चाँडै आफ्नै होम प्रोडक्शमा चलचित्र रामप्यारी निर्माण गर्दैछिन् । नोभेम्बर २००९ मा नायिका थापाले दरबार स्क्वायरमा, ए.ने.क.पा. माओवादीको सरकार मुख्यालय घेराउ कार्यक्रमको सभामा प्रचण्डसँग नृत्य गरेकी थिईन् जसको चर्चा अहिलेपनि उतिक्कै छ ।

केहि बर्ष उनलाई चलचित्रमा ल्याएका निर्माता छवि ओझासँग रहेपछि आफ्नो भावना बुझ्न नसक्ने भन्दै अलग्गिएकी थिइन् । उनि हाल मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा रहँदै आएकी छिन् । त्यस्तै, हिम्मतवालीमा नायक बनेका सुदर्शन गौतमसँगको प्रेमको हल्लाले पनि उनलाई बेला-बेला चर्चामा ल्यायो ।

रेखाले अभिनय गरेको पछिल्लो चलचित्र भने तथास्तु हो । खबरका अनुसार आज रेखाले एक कार्यक्रमका बिच आफ्नो जन्मदिनको केट काट्दैछिन् । नायिका रेखा थापालाई ठुलोपर्दा डटकम परिवारको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu