ठुलोपर्दा डटकम, काठमाण्डौ।
आशिका फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको नेपाली कमेडी चलचित्र ‘सुश्री’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्रका निर्देशक शिवम् अधिकारीले आधिकारीक रुपमा दिएको जानकारी अनुसार चलचित्र सुश्री अब कात्तिक ३ गते फुलपातीबाट प्रदर्शन हुनेछ ।
चलचित्रमा आर्यन सिग्देल, आशिका तामाङ, राजाराम पौडेल, मिश्री थापा, सुजना ढकाल, रवि प्रधान लगाएतको अभिनय रहेको छ । चलचित्रलाई आत्मराम थापाले निर्माण गरेका हुन् । पूर्णतया कमेडी शैलीमा निर्माण भएको यो चलचित्रमा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, शंकर वीसीको नृत्य, कुमार महर्जनको एक्सन रहेको छ ।
चलचित्रलाई लेखन र निर्देशन शिवम्ले नै गरेका हुन् । फुलपातीमा यो चलचित्रसँग अन्य केहि चलचित्रहरु पनि एकसाथ प्रदर्शन हुँदैछन् ।