श्रृष्टिलाई अनुपविक्रमको छाँया बन्ने रहर



anoop-bikram-shahi-and-shristi-shrestha
ठूलोपर्दा डटकम, काठमाण्डौ।
गायिका देविका बन्दना (प्रधान) को आवाजमा रहेको ‘सँधै सँधै हिड्न पाउँ तिम्रो छाँया बनी’ को काठमाडौँमा छायांकन सम्पन्न गरिएको छ । मन्त्र दिव्य प्रोडक्सनले निर्माण गरेको यस भिडियोमा पूर्वमिस नेपाल श्रृष्टि श्रेष्ठ र नायक अनुपविक्रम शाहीले अभिनय गरेका छन् ।

Subscribe us on YouTube:-

साहित्यकार तथा गीतकार उषा शेरचनको शब्द र कल्याण सिंहको संगीत रहेको गीतले प्रेम झल्काएको छ । प्रमोद कार्कीको छायांकन रहेको भिडियोलाई विजेश पौडेलले निर्देशन गरेका हुन्। भिडियोका सम्पादक समेत रहेका विजेश स्वयं गायक पनि हुन् । निर्देशक विजेशले गीतको भाव अनुसार नै भिडियोलाई पर्दामा उतारिएको जानकारी दिए ।

यस गीतको भिडियो केहि दिन भित्रमा नै सार्वजनिक गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu