बहादुर किशोरी मलालाको कारण अमेरिकन गायिकाको बिजोग !



malala-&-nickoleठुलोपर्दा डटकम। अमेरिकन गायिका, गीत लेखिका तथा टेलिभिजन पर्सनालिटी निकोल शेरजिंगर यसै पनि आफ्ना कार्यक्रममा निकै चटर-पटर देखिन्छिन्। उनले आफुलाई संसारको हरेक चिजको ज्ञान भएको घमण्ड पनि गर्छिन्, तर उनले एउटा चर्चित कार्यक्रममा यस्तो प्रश्न गरिन् जुन सुनेर सबै चकित परे।

नोवेल पुरस्कार पाउने होडमा अघि बढेकी पाकिस्तानी बहादुर केटी मलालाको बारेमा निकोलको प्रश्न थियो, जसलाई उनि चिन्दैनथिन्। घटना प्राइड अफ ब्रिटेन अवॉर्डको समयको हो, जब मलाला यूसुफ जईको बारेमा निकोलले प्रश्न गरिन् तब उनि आलोचित बनिन्। एक रिपोर्टरले उनिसँग मलालाको बारेमा सोधेका थिए, ‘जसले तालिबानमाथी गोली हानेकी थिइन् तथा हाल उनि नोबेल पुरस्कारको होडमा सबैभन्दा अगाडी थिइन्, उनि को हुन्? त्यसपछि उक्त प्रश्नको जवाफमा निकोलले भनिन्,’ मैले याद गर्न सकिन, आखिर यो कसको कहानी हो ?’

यो कुरा यसकारण अचम्मित थियो की सोही रात मलालाको ‘टीनएजर अफ करेज’ पुरस्कारमा सम्मानित गर्नु थियो तथा यो सम्मा डेविड बेकहमले दिने भएका थिए। निकोलले सिहो ईभेन्टमा सम्मानित हुने १६ बर्षिया मलालालाई चिन्दैनथिन्। साँझ सो ईभेन्ट निकोलले नै होस्ट गरिन्। निकोलले होष्टका क्रममा जिन्दगीका ‘रियल हिरो’का बारेका बोलिन्। साँझको कार्यक्रममा पनि रिपोर्टरले दिउसोको याद दिलाए अनि निकोल बोलिन्, ‘ईश्वरले यि केटीलाई तागत देउन्, यिनि खुब अघि बढ्नेछिन्’। यसरी आफुलाई बचाएर निकोल त्यहाँबाट बाहिरिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu