भारतीय टेलिसिरियलमा नेपालकी संयुक्ता



samyukta-timilsinaपूर्व मिस नेपाल सेकेन्ड रनर अप संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा देखिदैछिन् ।

आगामी भदौ १४ मा सोनी टेलिभिजनमा प्रिमियर हुनलागेको ‘२०२५ जाने क्या होगा आगे’ नामक सिरियलमा उनी देखिन लागेकी हुन् ।

Subscribe us on YouTube:-

साइफाइ श्रेणीको सो सिरियलमा संयुक्ताले कम्प्युटर जिनियसको भूमिका निर्वाह गर्नेछिन् जसले कम्प्युटरको सहायताले आफ्नी मरेकी आमालाई बचाउनेछिन् ।

२०२५ मा हुनसक्ने समाजको अवधारणमा तयार भएको सिरियललाई सन्जिब शर्मा र विपुल डि शाह मिलेर निर्माण गरेका हुन् ।

टेलिसिरियलमा मुख्य भूमिकामा देखिन लागेकी संयुक्तालाई मराठी अभिनेता केन्नी देसाई, सुनिल बर्भ र लुब्ना सलिमले समेत साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu