क्याट्रिना भन्छिन्, ‘इन्गेजमेन्टमै भव्य पार्टी दिन्छु’



Kaitrina-kaiff
हाल सैफ अली खानसँगको चलचित्र ‘फ्यान्टम’ रिलिजको पर्खाईमा रहेकी क्याट्रिना कैफ अहिले बिवाहको तयारीमा नरहेको बताएकी छिन् । लामो समयदेखी बलीउडस्टार रणवीर कपूरसँगको प्रेममा रहेकी क्याट्रिनाले आफु गुपचुप बिहे नगर्ने पनि बताएकी छिन् ।

Subscribe us on YouTube:-

उनले भारतीय सञ्चारमाध्यमहरुलाई बिहेको विषयमा बोल्दै इन्गेजमेन्टमै भव्य पार्टी दिने बताइन् । क्याट्रिनाले बिहेको सम्बन्धमा भनेकी छिन्, ‘अहिले तुरुन्त मैले बिहे गर्ने बारेमा केही सोचेकै छैन।’ खबरका अनुसार क्याट्रिना सम्बन्धमा औपचारिकता चाहन्थिन् तर, रणवीर तयार भएनन्। उनीहरु एकै घरमा सरेपछि रणवीरका पिता ऋषि कपुर पनि रिसाएको बताइन्छ । त्यसैले पनि फ्यान्टमको सुटिङमा छँदा यस्तै निजी कारणले क्याट्रिना तनावमा देखिएकी थिइन् ।

उनले भनिन्, ‘फ्यान्टममा मेरो र सैफको भूमिका भावनात्मक रुपले केही तनाव भएको देखाइनुपर्थ्यो । सुटिङकाबीच केही निजी उल्झनले गर्दा चरित्रमा अझ राम्रो असर पर्‍यो । मेरो निजी जीवनसँग मिल्न गएकाले भूमिका बलियो हुन गयो’ । उनले बताएअनुसार ती सबै तनावहरु हाल सकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu