‘कबाली’ मा डन बनेका रजनीकान्तको यस्तो लुक्स्



kabali-1st-looks
दक्षिण भारतिय चलचित्रका सुपरस्टार रजनीकान्तको नयाँ चलचित्र कबालीको फर्ष्ट लुक सार्वजनिक भएको छ । छायांकन भइरहेको चलचित्र काबालीको सार्वजनिक पहिलो मुहारमा रजनीकान्त कालो ड्रेसमा, मोटो सफा सेतो दारीमा देखिएका छन् ।

Subscribe us on YouTube:-

रजनीकान्तले केहि दिन अगाडी मात्र यस पोष्टरका लागी फोटोसुट गरेका थिए । काबाली चेन्नईका एक डनको भुमिकामा चलचित्र आधारित छ । चलचित्रलाई निर्देशक पा.रन्जीतले निर्देशन गरिरहेका छन् । हालै मात्र रिलिज भइको बलीउड चलचित्र माझी द माउन्टेन म्यानमा अभिनय गरेर तारिफ पाएकी राधिका आप्टे यो चलचित्रमा अभिनय गरिरहेकी छिन् ।

अहिले चलचित्र कबालीको छायांकन मलेशियामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu