बलीउड अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या रायले कमब्याक गरेको चलचित्र ‘जज्बा’ को पहिलो ट्रेलर बाहिरिएको छ । एक्शनले भरिएको सार्वजनिक ट्रेलरमा ऐश्वर्या एक आमा र वकिलको रुपमा दिएकी छिन् ।
अभिनेता इरफान खान एक प्रहरी अफिसरको भुमिकामा देखिएका छन् । ऐश्वर्या ट्रेलरमा छोरीको पिडामा तड्पिएको देख्न सकिन्छ । ९ अक्टोवरमा रिलिज हुन लागेको यो चलचित्रमा ऐश्वर्या र इरफानको अलवा शबाना आजमी, अभिमन्यु सिंह, अतुल कुलकर्णी, चंदन राय सन्याल र अनुपम खेरको पनि मुख्य भूमिका रहेको छ ।
संजय गुप्तको निर्देशन रहेको यस चलचित्रमा कमलेश पांडेय र रोबिन भट्टको पटकथा रहेको छ । ऐश्वर्याको कमब्याक चलचित्र भएकोले यो चलचित्रलाई बलिउडको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । छोरी आराध्याको जन्म भएपछि बलिउड चलचित्रबाट टाढा भएकी ऐश्वर्या पाँच बर्षपछि फेरी बलिउड चलचित्रमा व्यस्त हुदैंछिन् ।
ट्रेलर हेर्नुहोस्: