भूकम्पले तर्सियो माल्भिकाको ‘हाऊ फन्नी’



How-Funny
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि लगभग लगभग नेपाली चलचित्रक्षेत्र शून्य जस्तै बनेको थियो । विस्तारै भूकम्पको त्रास जनमानसमा कम हुँदै गएपछि नेपाल चलचित्र क्षेत्र फेरी जुरमुराउन खोज्दैछ । भूकम्प जानुभन्दा अघि प्रदर्शन मिति घोषणा गरेका केहि चलचित्रहरुले प्रदर्शन मिति नै रोक्न बाध्य भए ।

भूकम्पको त्रासका कारण दर्शकहरु हलमा जाने अबस्था नभएपछि चलचित्रको प्रदर्शन मिति रोकिएका चलचित्र मध्येको एउटा चलचित्र हो हाऊ फन्नी । पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्रको प्रदर्शन मिति जेष्ठ १५ लाई तोकिएको थियो तर बैशाखमा गएको भूकम्पले यो चलचित्र पनि प्रदर्शनमा आउन सकेन ।

अचम्मको कुरा यो छ की माल्भिकाले न चलचित्र हाऊ फन्नीको प्रदर्शन मिति सरेको जानकारी दिइन् नत चलचित्र जेठ १५ मै प्रदर्शन गरिन । भूकम्प गएपछि हालसम्म चलचित्रको बारेमा केहि नबोलेकी माल्भिका यो चलचित्र यस बर्ष प्रदर्शन गर्ने सुरुमा नरहेको स्रोत बताउँछ ।

कमेडी चलचित्र हाऊ फन्नीमा प्रियंका कार्की, दयाहाङ राई, केकी अधिकारी, अनुप बिक्रम शाही, निशा अधिकारी, शिशिर राणा लगायतको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक निलु डोमा शेर्पाले निर्देशन गरेकी हुन् । शान बस्न्यातको पटकथा तथा संवाद रहेको यस चलचित्रमा संगीत शैलेश सिंह, सुरेश अधिकारी र शैलेन्द्र श्रेष्ठको रहेको छ भने यसलाई हरि हुमागाईले खिचेका हुन् ।

चलचित्रमा आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहेको यो चलचित्रलाई उपत्यकामा दर्शना आर्ट्स र मोफसलमा एफडी कम्पनिले वितरण गर्ने जिम्मा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu