फ्राईडे रिलिज: निखिलको ‘भैरव’ सँग ‘रेशम फिलिली’, साथमा ‘फैंटम’ पनि



bhairav-release
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा नेपाली दुई चलचित्र ‘भैरव’ र ‘रेशम फिलिली’ प्रदर्शनमा आएका छन् । ‘रेशम फिलिली’ यस अघि बैशाख ११ गते देशव्यापी प्रदर्शनमा आएको थियो तर बैशाख १२ गतेको भूकम्पपछि यस चलचित्रको प्रदर्शन रोकिएको थियो । ‘जालमा’ गीतका कारण निकै चर्चामा आएको चलचित्र रेशम फिलिलिका निर्माता माधव वाग्लेले चलचित्र दर्शकले हेर्न अझै आतुर भएका कारण पुन प्रदर्शनमा ल्याइएको जानकारी दिएका छन् ।

Subscribe us on YouTube:-

विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा, कामेश्वर चौराशिया लगायतका कलाकारहरुले चलचित्रमा मुख्य भुमिका निभाएका छन् । कमेडी जनराको चलचित्र रेशम फिलिलिका लेखक तथा निर्देशक प्रनव जोशी हुन् । भी मोसन पिक्चर्सको को निर्माण बनेको चलचित्रमा लगानी माधव वाग्लेको रहेको छ ।

त्यस्तै, यहि शुक्रवारबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘भैरव’ । ५ बर्षपछि पुन नेपाली चलचित्रमा कमब्याक गरेका नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ । भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । चलचित्रमा निखिल उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।
resham-filili-re-release
त्यस्तै, आजबाट बलीउड चलचित्र ‘फैंटम’ पनि प्रदर्शनमा आएको छ । बलीउडस्टार सलमान खानको चलचित्र ‘बजरंगी भाईजान’ निर्देशन गरेका निर्देशक कबीर खानले नै यस चलचित्रलाई निर्देशन गरेका हुन् । सन् २०११मा भारतमा भएको हमलाको बिषयमा निर्माण गरिएको यस चलचित्र आतंकवाद सम्बन्धि बिषयमा निर्माण गरिएको हो । क्राइम लेखक हुसैन जैदीको नवेल ‘मुम्बई एवेजर्स’मा आधारित चलचित्र हो । चलचित्र ‘फैंटम’ को छायांकन कश्मीरको स्की स्थल गुलमर्गर पहाडीक्षेत्र पहलगाम गरिएको हो । साजिद नाडियावालाले यस फिल्मलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu