चुम्बन गर्ने प्रतियोगिताको निर्णायक बन्दै कंगना र इमरान



Kangana-and-imran-khan
कंगना रनावत र इमरान खानले नयाँ चलचित्र ‘कट्टी बट्टी’मा उनीहरुले २४ घण्टा चुम्बन गरेका थिए । उनीहरुको यो चुम्बनको चर्चा यति बेला बलीउडमा राम्रैसँग भइरहेको छ । त्यसैले पनि होला अब यो जोडी चुम्बन प्रतियोगिताको निर्णायक बन्दैछन् ।

Subscribe us on YouTube:-

हलीउडमा त यस्ता अचम्मका शोहरु त धेरै हुने गर्छन तर भारतमै पहिलो पटक अब चुम्बन प्रतियोगिता हुने भएको छ । चलचित्रको प्रचार प्रसार स्वरुप कट्टी बट्टी यूनिटले यो प्रतियोगिता गर्न लागेको हो । अब यो देख्न निकै रोमान्चिक हुनेछ की यो प्रतियोगितामा कति जनाले सहभागीता जनाउँनेछन् ।

कंगना र इमरान भने यो चुम्बन प्रतियोगिताको निर्णायक बन्न निकै आतुर छन् । उनीहरुका लागी यो पहिलो अनौठो अनुभव पनि रहनेछ । यस प्रतियोगिताको सुरुवात मुम्बईबाट हुनेछ । खबरका अनुसार यो प्रतियोगिता जित्नेले आर्कषक उपहार पाउँनेछन् । यो जोडीले अभिनय गरेको चलचित्र कट्टी बट्टी १८ सेप्टेम्बरबाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu