‘भैरव’ हेर्ने दर्शकको थामिनसक्नु भिड



Bhairav-saturday-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पाँच बर्ष अगाडी पनि एक्शन नायक निखिल उप्रेती दर्शकका प्यारा नायक थिए । अहिले आँफैले निर्देशन गरेर चलचित्र ‘भैरव’मा अभिनयमा देखिएका उनले आफ्नो सोहि परिचय पाएका छन् ।

Subscribe us on YouTube:-

पाँच बर्षपछि चलचित्रमा पुनरागमन गर्दा धेरैले उनको चलचित्र कतै नचल्ने त होइन भनेर अन्दाज पनि काटेका थिए तर निखिलले भैरवमा आफ्ना फ्यानहरुको बाढी नै हुल्न सफल भएका छन् । प्रदर्शनमा आएको पहिलो दिन नै राजधानी भित्र र बाहिर हाउसफुल गरेको भैरवले आज शनिबार झन आक्रमक व्यापार गरेको बताईएको छ ।

शनिबार सार्वजनिक बिदा भएका कारणले पनि दर्शकहरु हलसम्म भैरव हेर्न ओहिरिएका हुन् । आईतबार पनि राजधानीमा विदा रहेकोले राजधानीको व्यापार आक्रामक हुने अनुमान गरिएको छ । चलचित्रका नायक निखिल उप्रेती र नायिका अनु शाह नै शुक्रबार र शनिबार राजधानीका विभिन्न हलहरुमा पुगी दर्शकहरुको प्रतिक्रिया लिन भ्याएका थिए ।
Bhairav-saturday-2
दर्शकहरुले चलचित्र अत्याधिक मनपराएको निखिलले बताएका छन् । चलचित्रको एक्शन पाटोलाई झन दर्शकहरुले खुबै रुचाएका छन् । नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनयमा निर्माण भएको चलचित्र भैरवले तराईमा हुने विभिन्न विषयलाई गम्भिर तरिकाले उठाएको छ ।

भैरवमा निखिलको अलवा अनु शाह, मुरलीधर, जयकिसन बस्नेत, नागेन्द्र रिजाल, रविन सेनलगायतले अभिनय गरेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका हुन । संगीतमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ ।
Bhairav-saturday-3

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu