सुन्दरताको जादु चलाउँदै ऐश्वर्या



Aishwarya-rai
ऐश्वर्या राय बच्चन, हो यो नाम नजान्ने र यि महिला नचिन्ने सायद संसारमै कमै व्यक्ति होलान् । उनको सुन्दरताको तारिफ गरेर कोहिँ पनि थाक्न सक्दैनन् यो जो कोहि भन्ने गर्छन् । त्यसैले त हरेक यूवतीको एउटै चाह हुन्छ ऐश्वर्या राय जस्तो बनुँ ।

Subscribe us on YouTube:-

ऐश्वर्या राय सबैको ड्रिम गर्ल हुन् । विश्वसुन्दरीको ताज समेत पहिरिएकी ऐश्वर्या राम्री महिला मात्र होइनन उनी एक सफल अभिनेत्री पनि हुन् । उनले दर्जनौँ सफल चलचित्रहरु दर्शकमाझ पस्किसकेकी छिन् । बलीउडका मेगास्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनसँग करिब ७ बर्ष अगाडी बिबाह बन्धनमा बाधिएकी ऐश्वर्या एक छोरीकी आमा समेत हुन् ।

आमा बनेपनि उनको सुन्दरतामा कुनै कमी भने आएको छैन । छोरीको जन्मभएपछि चलचित्रक्षेत्रबाट टाढा रहेकी ऐश्वर्या अब पुन चलचित्रक्षेत्रमा आफ्नो सक्रियता देखाउँदै गएकी छिन् । छोरी स्कूल जाने बनाएर चलचित्र जज्बाबाट ऐश्वर्या ५ बर्षपछि बलीउड चलचित्रमा कमब्याक गर्दैछिन् । एक असफल आमा र वकिलको भुमिकामा देखिने तयारीमा रहेकी ऐश्वर्याको यो चलचित्र ९ अक्टोवर बाट प्रदर्शनमा आउँदैछ ।

उनले फेरी एक पटक चलचित्र जज्बाबाट दर्शकहरुलाई आफ्नो काबुमा बाध्ने विश्लेषकहरु बताउँछन् । उनले यस चलचित्रमा आफ्नो सुन्दरतालाई एक पटक फेरी खुलाएकी छिन् । उनलाई यस चलचित्रमा इरफान खानले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu