सिक्वेलकी रानी श्रद्धा



Shradda-Kapoor-sequel
पछिल्लो समय बलीउडमा सफल चलचित्रको सिक्वेल निर्माण हुने क्रम अत्याधिक बढिरहेको छ । पहिलो चलचित्र सफल भएपछि दर्शकहरुले पनि सोहि चलचित्रको सिक्वेल खोज्न थालेका कारणले निर्माताहरु माध्य भएरै चलचित्रको सिक्वेल निर्माण गर्न थालेका छन् ।

Subscribe us on YouTube:-

एक अभिनेत्रीलाई एउटा यस्तै नामले चिनिन् थालिएको छ । त्यो नाम हो श्रद्धा कपुर । उनलाई यति बेला बलीउडमा ‘सिक्वेल फिल्म क्विन’ भन्न थालिएको छ । उनले अभिनय गरेका तीन सिक्वेल चलचित्र आशिकी–२, रकअन–२ र एबिसिडी–२ सुपरहिट भएपछि उनलाई यो नामले पुर्कान थालिएको हो ।

उनलाई एउटा आरोप पनि लाग्दै आएको छ । पहिलो चलचित्र सुपरहिट भएपछि दोस्रो भागमा मात्र उनी अभिनय गर्न राजी हुन्छिन् । तर यो कुरालाई नर्कादै उनी भन्छिन्, ‘मैले जानी–जानी, खोजी–खोजी सिक्वेल चलचित्र गरेकी होइन । मलाई यस्तै अफर आए, चित्त बुझ्यो, गरेँ । सबै सिक्वेल हिट भए । यो सबै संयोग हो ।’ उनले थपिन् ‘मैले गरेका सबै सिक्वेल चलचित्रको कथा मूल चलचित्रको भन्दा एकदम फरक हुने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu