अजयका ‘दूधवाला’ सुनील



ajay-and-sunil
अभिनेताद्वय अजय देवगन र सुनील शेट्टी बलिउडमा राम्रो सम्बन्ध भएका अभिनेतामा गनिन्छन् । उसो त अजय, सलमान र सञ्जय दत्तबीचको सम्बन्ध पनि सुमधुर एवं स्थिर मानिन्छ । यद्यपि, छापामा नआए पनि अजय र सुनीलबीचको सम्बन्ध ज्यादै अनौपचारिक किसिमको र विशिष्ट भएको जानकारहरू बताउँछन् ।

Click Here to Watch Entertaining Videos
यी दुईले ‘कयामत’, ‘दिलवाले’लगायत फिल्ममा सँगै काम गरिसकेका छन् । स्रोतका अनुसार यी दुई कलाकार असाध्यै ख्यालठट्टा गर्छन् । जिस्काउने बेलामा अजयले सुनीललाई ‘दूधवाला’ भनी बोलाउने गरेका छन् । आखिर किन सुनीललाई अजय ‘दूधवाला’ भन्छन् त ? ठट्यौली पाराको जवाफमा सुनील भन्छन्, ‘विहानको नृत्यकर्मप्रतिको मेरो निष्ठाका कारण ।’ सुनीलका अनुसार उनी सधै बिहान ६ बजे उठ्छन् । ‘सुटिङ भए पनि, नभए पनि आफ्नो नित्यकर्मबाट म टसमस हुँदिन,’ सुनील भन्छन्, ‘बिहानीपखको मेरो आफ्नै समयतालिका छ । जस्तै अवस्थामा पनि म यो तालिका हेरफेर गर्दिनँ । जस्तोसुकै व्यस्त भए पनि ‘दूधवाला’ बिहानै अरूको घरमा दूध पुर्‍याउन पुगिहाल्छ । म पनि त्यस्तै भएँ भन्दै अजयले मलाई यसो भनेर जिस्काउने गर्छ ।’

पचास वर्ष नाघिसकेपछि पनि सुनील हट्टाकट्टा छन् । उनका सहकर्मी उनको स्वास्थ्यको रहस्य दैनिक जीवनमा अनुशासित हुनु हो भन्छन् ।

Advt.
Advt.
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu