एन्जेलिनाको २० बर्ष अगाडीका तस्विर विक्रिमा



Anjelina-pics-sale
हलीउड अभिनेत्री तथा निर्देशक एन्जेलिना जोली खासै विवादमा तानिने अभिनेत्री होइनन् । पछिल्लो समय चलचित्रमा अभिनय गर्न भन्दा पनि चलचित्र निर्देशन गर्न अगाडी सरेकी एन्जेलिनाको २० बर्ष अगाडी खिचिएका न्युड फोटोहरु बिक्रीमा राखिएका छन् ।

Click Here to Watch Entertaining Videos
अहिले ४० मा हिँडिरहेकी उनले संघर्षको सुरुआती चरणमा खिचिएका न्युड फोटोहरु विक्रि हुन लागेको हो । लन्डनको एउटा ग्यालरीमा राखिएका ती दुर्लभ फोटाहरूको मूल्य एक हजार आठ सय पाउन्ड प्रतिगोटा राखिएको छ। कन्टयाक्ट म्युजिकका अनुसार, एन्जेलिनाका ती फोटाहरू फोटोग्राफर केट गार्नरले सन् १९९५ मा खिचेका थिए ।

एन्जेलिना जोली एउटा एकेडमी अवार्ड, दुईओटा स्क्रिन एक्टर्स गिल्ड अवार्ड र तीनवोटा गोल्डन ग्लोब अवार्ड जितिसकेकी अभिनेत्री हुन् । सन् २००९ र २०११ मा फोर्वेस पत्रिकालेद्धारा हलीउडकै सबैभन्दा महँगो अभिनेत्री घोषित गरेको थियो । उनी चलचित्र संसारमा मात्र नभई मानविय उद्धार कार्यमा नाम बटुल्नसमेत सफल छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu