‘सनीका कारण भारतमा बलात्कारको घट्नामा वृद्दि’



Sunny-leone
सीपीआईका एक वरिष्ठ नेता अतुल अंजानले बलीउड अभिनेत्री सनी लियोनले अभिनय गरेको कण्डमको विज्ञापनका कारण देशमा बलात्कारको घटनामा वृद्दि भएको बताएका छन् ।

Click Here to Watch Entertaining Videos
अतुलले भने, ‘प्रचारको नाममा भएको नराम्रो विकृतीले यूवाहरुमा सेन्ससबिलिटी सकिँदै गएको छ ।’ एक भिडियोमा अतुलले बताएका छन्, ‘सनी लियोनले अभिनय गरेको कन्डम कम्पनीको विज्ञापनका कारण देशमा बलात्कारको घट्ना बढिरहेको छ ।’ अतुलले थपे, ‘अस्ट्रेलियाकी सनी लियोनलाइ महेश भट्टले हिरोइन बनाइदिए ।’ तर अतुलको यो तथ्य भने गलत थियो । किनकी सनी क्यानडाबाट बलीउडमा प्रवेश गरेकी हुन् ।

यस भन्दा पहिला पनि श्री राम सेनाका नेता नेता प्रमोद मुथालिकले सनी लियोनलाई अमेरिका पठाइदिनु पर्ने भन्दै सरकारसँग सार्वजनिक ठाँउबाटै माग गरेका थिए । उनले भनेका थिए- ‘सनीका कारण देशमा बलात्कारको घट्ना बढिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu