बलिउडका प्रसिद्द गायक श्रीवास्तवको निधन



Shreewastaba
बलिउडका प्रसिद्ध संगीतकार तथा गायक आदेश श्रीवास्तवको शनिबार ५१ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित ५१ वर्षिय आदेशले राती १२ः३० बजे आफ्नो देह त्याग गरेका हुन् ।

Click Here to Watch Entertaining Videos
उनको विगत ४० दिनदेखि क्यान्सरको उपचारका लागि अन्देरी, मुम्बईको कोकिलाबेन धीरूभाइ अम्बानी अस्पतालमा भर्ना भएका थिए। सन् १९६५ मा सेप्टेम्बर ४ मा जन्मेका आदेशको जन्म दिनको दिन नै निधन भएको हो । सन् २०१० मा पहिलोपटक उनलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनलाई केमियो थेरापी दिइएको थियो । अमेरिकामा उपचार गराएर फर्केका आदेशलाई गत महिनाको अन्त्यमा तेस्रो पटक पनि क्यान्सर भएको जनाइएको थियो ।

भारतको जबलपुरमा जन्मेका आदेशले करिब १०० बढी चलचित्रमा संगीत भरेका छन्। ‘शस्त्र’ चलचित्रको ‘क्या अदा क्या जलवे तेरे पारो’ गीतले अत्याधिक चर्चा कमाएको थियो । उनले ‘चलते चलते’, ‘बाबुल’, ‘कभि खुशी कभी गम’, ‘राजनीति’ लगायतका चलचित्रमा संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu