सलमान आफैंले ‘दबंग ३’ र ‘बडिगार्ड २’ बनाउने



Salman-khan-fAN
बलीउडस्टार सलमान खान हाल ‘प्रेम रतन धन पायो‘ र ‘सुल्तान’ को छायांकनमा व्यस्त छन् । सन् २०१५ भित्र उनले यी दुई चलचित्र सकेपछि २०१६ मा उनले पारिवारिक चलचित्रमा काम गर्ने सोचमा छन् । अब सलमान खानको कम्पनी ‘सलमान खान प्रोडक्सन’ ‘दबंग ३’ र ‘बडिगार्ड २’ बनाउने भएको छ ।

Click Here to Watch Entertaining Videos
दबंग श्रृंखला यसअघि उनका आफ्नै भाइ अरबाजले बनाएका थिए भने बडिगार्डलाई अतुल अग्निहोत्रीले बनाएका थिए । दबंगका बारेमा सलमानले कथामा काम भइरहेको बताएका छन्। उनले भने,‘दबंग श्रृंखलालाई हामी अगाडी बढाउँदै छौं । कथाका लागि अरबाज आफ्नो टिमसँग काम गरिरहेका छन् । चलचित्र तय भएपछि मिति म आफैं सार्वजनिक गर्नेछु ।’ भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिए अनुसार बडिगार्डको सिक्वेललाई ‘फ्रेन्चाइज’ को रुपमा विकसित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu