कपाल नबढेपनि कोर्छु: निशा अधिकारी



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यति बेला नायिका निशा अधिकारीको भन्दा पनि उनको कपालको चर्चा नेपालमा व्यापक छ । सुटुक्क अमेरिका गएर उतै कपाल खौरिएपछि निशालाई के भयो भन्दै जिज्ञासा राख्नेहरु अझै पनि भेटिन्छन् ।

Click Here to Watch Entertaining Videos
कपाल दान गरेको भनेर अमेरिकाबाटै निशाले भने त्यो मान्न अझै उनका फ्यानहरु तयार छैनन् । त्यहि क्रममा अहिले निशालाई अब त कपाल बढ्दै गयो होला नी होइन ? भन्ने प्रश्नहरुको लस्कर लाग्न थालेको छ । सायद आफ्ना फ्यानहरु कपालको विषयमा निकै जिज्ञासु भएपछि निशाले पनि आफ्नो आधिकारिक फेसबुक मार्फत अहिले कपाल कोर्न मिल्ने भइसकेको जानकारी दिएकी छिन् । कपालको विषयमा यस्तो जिज्ञासा राख्नेहरुलाई उनले फेसबुकमार्फत एउटा फोटो सार्वजनिक गरेकी छिन् । कपाल लामो नभएपनि कोर्न थालेको उनले जानकारी पनि दिएकी छिन् । सबै कपाल एउटै लम्बाईमा बढ्छ जस्तो लागे पनि त्यस्तो नभएको प्रति उनले आश्चार्य प्रकट गरेकी छिन् ।

nisha-kapal

केहि समय घुमघामका लागि अमेरिका पुगेको खुलासा गरेकी निशाले केहि दिन अगाडी मात्रै फेसबुक मार्फत किलीमान्जरो हिमाल चढ्ने घोषणा गरेकी थिइन । बालबालिकालाई न्यानो कपडा संकलनका लागि अफ्रिकाको उक्त हिमाल चढ्ने उनले बताएकी छिन् । उनले यस अघि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu