सलमानका कारण आमिर चिन्तित



Aamir-and-salman
पहिला बलीउडस्टार आमिर खानले अभिनय गरेको चलचित्र पीके मंडावा (राजस्थान) मा सुट भएको थियो र अर्का बलीउडस्टार सलमान खानको चलचित्र बजरंगी भाईजान पनि त्यहि सुट भएको थियो ।

Click Here to Watch Entertaining Videos
अब फेरी यि दुईको चलचित्र एकै ठाउँमा छायांकन हुने भएको छ । आमिर खानको दंगल (हरियाणामा) सुट हुँदैछ भने सलमानको सुल्तानको टिमले पनि सोहि स्थान चुनेको भातरीय मिडियाहरुले जनाएका छन् । तर खबरका अनुसार चलचित्र सुल्तानका निर्माता आदित्य चोपड़ाले फोन गरेर निर्माण टिमलाई लोकेशन परिवर्तन गरेर पंजाबमा सार्न निर्देशन दिइसकेको कुरा पनि बाहिर आएको छ तर आदित्यले उक्त कुरा नबोलेको एक कार्यक्रममा बताएका छन् ।

उता आमिर भने यो विषयलाई लिएर चिन्तित बनेका छन् । दुबै चलचित्रको सुट एक ठाँउमा हँदा असहज हुने भन्दै आमिरले चिन्ता व्यक्त गरेका हुन् । त्यति मात्र होइन आमिर दुबै चलचित्र उस्तै बन्ने भएका कारण पनि चिन्तत छन् । तर सलमान भन्छन् -‘दंगलको स्क्रिप्ट निकै राम्रो छ चिन्ता गर्ने कुनै अबस्था नै छैन । आमिर उक्त चलचित्रमा एक पिताको भुमिकामा छन् भने म सुल्तानमा विरोधियोसँग लडेको छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu