चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक



काठमाडौं – चलचित्र ‘आ बाट आमा’को गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएको छ।व गीतको भिडियोमा परदेशिएको छोराको विरह र आमाको अथाह ममतालाई अत्यन्तै मार्मिक ढंगले प्रस्तुत गरिएको छ। गीतको भाव अनुसार नै भिडियोको निर्माण गरिएको छ, जसले सन्तानप्रतिको वात्सल्य र स्नेहको गहिरो कथा फिल्मले बोकेको सङ्केत गर्दछ।

गीतको भिडियोमा अभिनेत्री बिपना थापासँगै पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, र गजित बिस्ट लगायत कलाकारहरूको प्रभावशाली अभिनय देख्न सकिन्छ। यो भावुक गीतमा शब्द रचना र सङ्गीत बाबुल गिरीको रहेको छ भने स्वर नेपाल आइडल सिजन-१ का विजेता रबी ओडले दिएका छन्।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए। उनले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो। हामीले यसलाई धेरै सफलताका साथ सम्पादन गरेका छौँ। यो टाइटल सङ ‘आ बाट आमा’ मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ, सोही गीत आज हामीले रिलिज गरेका छौँ। यो गीत सबैले मन पराइदिनुहुनेछ भन्ने आशा राख्दछु।”

निर्देशक पन्त स्वयम्को कथा तथा पटकथा रहेको यस चलचित्रमा बिपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिस्ट, बेगम नेपाली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन्। सङ्गीतमा कोसिस क्षेत्री, बाबुल गिरी, र थानेश्वर गौतमको योगदान रहेको छ भने कोरियोग्राफी गम्भीर बिस्ट र दिलीप ओखेडाले गरेका छन्। अभिमन्यू निरवीले लेखेको यस फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu