रियलमै बहादुरी केट



katt-winslet
हलीउडको सर्वाधिक सफल चलचित्र टाइटानिककी नायिका केट विन्सलेटलाई बहादुरीलाई दर्शकहरुले अझै पनि सम्झन्छन् । टाइटानिकमा उनले गरेको बहादुरीका फ्यान अहिलेपनि असंख्य छन् । तर उनी पर्दामा मात्र होइन रियल लाइफमा पनि बहादुर छिन् भन्ने चार वर्षअघिको एक घटनाले पुष्टि गरेको छ ।

Click Here to Watch Entertaining Videos
कुरा हो २०११ अगस्टको । क्यारेबियन सागरको एक टापुमा आयोजित निजी पार्टीमा केट सहभागी थिइन् । पार्टी चलेको केही बेरमै त्यहाँ भयानक आगलागी भयो, जुन बंगलामा पार्टी चलिरहेको थियो । यस्तो भयावह स्थितिमा केटले पहिले आफ्नो बच्चालाई सुरक्षित बाहिर निकालिन् । त्यसपछि उनले ९० वर्षीया एक महिलालाई पनि सकुशल बाहिर निकाल्न सफल भइन् । त्यसपछि झन केटको बहादुरीको चर्चा राम्रै चुलियो ।

फेरी केटले बचाएकी ति वृद्धा ब्रिटिस उद्योगपति रिचर्ड ब्रेन्सनकी आमा थिइन् । ठूलो दुर्घटनाबाट आफू जोगिएपछि वृद्धा इभ ब्रेन्सनले केटको साहसको प्रशंसा गर्दै पटक–पटक भनेकी छिन्, ‘मेरो जीवन केटको सहयोगविना बाँच्ने थिएन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu