‘रेशम फिलिली’ नायक विनयले गरे इन्गेज्मेन्ट



Vinay-engagejment
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पछिल्लो समय चर्चामा रहेको चलचित्र ‘रेशम फिलिली’का नायक विनय श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएका छन् । बुधवार पारिवारिक समारोहबीच उनले आफ्नी प्रेमिका एनी थापासँग इन्गेज्मेन्ट गरेका छन् ।

Click Here to Watch Entertaining Videos
सानो संसार, भिसा गर्ललगायत आधा दर्जनभन्दा बढि चलचित्रका नायक विनयले ब्युटि थेरापिस्ट एनीसँगको प्रेम सम्बन्धलाई लुकाउँदै आएका थिए । इन्गेज्मेन्ट कार्यक्रममा नायक जीवन लुईटेल लगायतका कलाकार एवं निर्माताहरु पनि उपस्थित भएका थिए । विनय र एनीको विवाह मिती भने तय भएको छैन । लण्डनमा पढ्दै गरेकी एनी इन्गेजमेन्टकै लागि काठमाडौं आएकी थिइन् ।

‘रेशम फिलिली’का एक निर्माता समेत रहेका विनयले इन्गेज्मेन्ट हुनुभन्दा केही दिनअघि मात्र प्रेमिका सार्वजनिक गरेका हुन् । विनय र एनीबिच दुई वर्षको अफयेर रहेको बताइन्छ । नायिका ऋचा शर्मा सँग विनयको लामो समय प्रेम थियो । विनय र ऋचाले निर्माण गरेको चलचित्र ‘भिसा गर्ल’ रिलिज पश्चात् यी दुई बिच ब्रेकअप भएको थियो । उनको चलचित्र ‘रेशम फिलिली’ हाल दोश्रो हप्तामा सफलताका साथ प्रदर्शन भैरहेको छ ।
Manish Anjaan

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu