अजयको चलचित्र समेत छोडिन् श्रुतिले



Shruti-Hassan
बलीउडस्टार अजय देवगनले अभिनय गर्न लागेको चलचित्र ‘बादशाहो’का लागि फेरी नायिकाको खोजी सुरु गरिएको छ । यस अघि चलचित्रका लागि नायिका श्रुति हसन पक्का भएपनि अन्तिममा उनले चलचित्र नखेल्ने बताएपछि पुन: चलचित्र यूनिटले नयाँ नायिका खोजिरहेको छ ।

Click Here to Watch Entertaining Videos
खबरका अनुसार पहिला श्रुति डायरेक्टर मिलन लुथरियाको स्टोरी मन पराएकी थिइन तर पछि जब श्रुतिलाई कथाको पुर्ण पाठ आइपुग्यो तब आफ्नो भुमिका सशक्त नहुनेभएपछि उनले चलचित्र नखेल्ने घोषणा गरेकी हुन् । साथै उनले चलचित्र बादशाहोको शूटिंग शेड्यूल केहि महिना पछाडी सरेपछि पनि उनलाई गाह्रो भएको बताइएको छ ।

श्रुति पछिल्लो समय बलीउडमा व्यस्त नायिकाको रुपमा चिनिन्छन् । हुन त उनी तामिल चलचित्रकी नायिका हुन् विस्तारै बलीउड चलचित्रमा प्रवेश गरेपछि अधिकाशं चलचित्रले सफलता हासिल गर्दै गएपछि उनी बलीउडमा आशलाग्दी नायिकाको रुपमा उदाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu