‘ए मेरो हजुर २’ मा भरे उदित नारायणले आवाज



udit-and-jharana
नेपाली मुलका चर्चित गायक उदित नारायण झाले चलचित्र ‘ए मेरो हजुर २’को गीतमा आवाज भरेका छन् । संगीतकार बसन्त सापकोटाको संगीतमा उदित नारायणले आवाज दिएका हुन् ।

Click Here to Watch Entertaining Videos
यस अघि चलचित्र ‘ए मेरो हजुर’ मा ‘ए मेरो हजुर’ बोलकै गीतमा उदित नारायण झा र दिपा नारायण झाले आवाज दिएका थिए । गीतको नाम नखुलाइएपनि ‘ए मेरो हजुर २’ को गीतमा उदित नारायण झा र भारतीय गायक कैलाश खेरले आवाज दिएका छन् । मुम्बइको स्टूडियोमा गीत रेकडिङ गरेर फर्किएका संगीतकार बसन्त सापकोटाले नेपाली गीत बर्षैपछि गाउँने मौका पाएको भन्दै खुसी व्यक्त गरेको बताए ।

अहिले नेपाली संगीत र संगीतकार देखेर उदित नारायण दंग परेका पनि उनले खुलाए । एस के थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको गीत गाउँदा गायक कैलाश खेर खुसी देखिएका थिए । ‘ए मेरो हजुर २’ लाई नायिका झरना थापाले निर्देशन गर्नेछिन् भने चलचित्रमा नायक अनमोल केसी देखिने कुरा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu