डीआईडी जित्न नेपालका निर्मललाई अब भोट चाहिने



Nirmal-Tamang
भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपालका निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन् । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ बैशाख देखी डीआईडी प्रतियोगितामा आफ्नो धमकेदार प्रस्तुती दिदै आएका छन् ।

Click Here to Watch Entertaining Videos
पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मललाई अब भोटको आवश्यक पर्ने एक प्रेस विज्ञप्तीमा जनाइएको छ । बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुदै आएको छ । निर्मललाई भोटिङ गर्न (DID5 space NIR send to ५७५७५) मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ । त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिने छ । जसको लागि (www.zeetv.com/nir) लेखेर अनलाईन भोटिङ गर्न सकिने छ ।

भोटिङ गर्ने समय शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका बुबा शेरवहादुरले विज्ञप्ती मार्फत आग्रह गरेका छन् । उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu