‘हाइवे टू धम्पुस’ को ४० प्रतिशत कमाई भूकम्पपीडितलाई दिइने



highway-to-dhampus
असोज ८ गतेबाट प्रदर्शनमा आउँन लागेको नेपाली अभिनेता राजवल्लभ कोइराला अभिनित हलीउड चलचित्र ‘हाइवे टू धम्पुस’ को कुल आम्दानीको ४० प्रतिशत भूकम्पपीडित व्यक्तिहरुलाई सहयोग गर्ने बताइएको छ । यस चलचित्रलाई नेपालमा वितरण गर्ने जिम्मा लिएको आइसफलले यस्तो जानकारी दिएको हो ।

Click Here to Watch Entertaining Videos
नेपालको धम्पुस, पोखरा, काठमाण्डौ र अमेरिकामा छायांकन गरिएको यस चलचित्रमा नेपाली नायक राजबल्लभ कोइरालासँगै सुएसा राणा, सुनिल श्रेष्ठ, देशभक्त खनाल,सायुस गुरुङ बज्राचार्य लगायतका नेपाली कलाकारहरुले पनि अभिनय गरेका छन् । साथै सो चलचित्रमा रिचेल हर्डवुड, गार्नर राइट, सोफी म्याकसेसी, भिन्जेन्स किएराको मुख्य भूमिका छ ।

‘हाइवे टु धम्पुस’मा बिग्रिएकी ब्रिटिस राजकुमारी नेपाल भ्रमणमा आएपछि उसको जीवनमा आँउने परिवर्तनलाई मुख्य विषय बनाइएको छ । चलचित्रमा नायक राजबल्लभ कोइराला पाइलटको भूमिकामा देखिएका छन् । चलचित्रलाई रिक म्याकफारलान्डले लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu