अस्कर अवार्डमा ‘टलकजंग भर्सेज टुल्के’ जाने



talak
ठुलोपर्दा डटकम, काठमाण्डौ।
द एकेडेमी अफ् मोशन पिक्चर आर्टस् एण्ड् साइन्सेस्द्वारा सन् २०१६ फेब्रुअरी २८ का दिन अमेरिकामा आयोजना हुने ८८ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड) मा प्रतिस्पर्धी गर्न नेपाली चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ जाने भएको छ ।

Click Here to Watch Entertaining Videos
आवेदन दिएका “भीमदत्त”, “सुनपानी”, “निशानी” तथा “टलकजंग भर्सेज टुल्के” मध्ये विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल) द्वारा चलचित्र “टलकजंग भर्सेज टुल्के” लाई छनोट गरिएको हो । विदेशी भाषी चलचित्र छनोट समिति (नेपाल) का सचिव चिरञ्जीवी गुरागाईंले एक प्रेस विज्ञप्ती जारी गर्दै “टलकजंग भर्सेज टुल्के”लाई यस बर्ष अस्कर अवार्डमा प्रतिस्पर्धी गर्न छनोट गरिएको बताएका छन् ।

विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल) मा प्राप्त भएका र चारवटै चलचित्रहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेको भएपनि प्राविधिक पक्ष, कथाको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका चलचित्र “टलकजंग भर्सेज टुल्के” उचित हुने भन्दै अस्कर अवार्डमा प्रतिस्पर्धी गर्न छनोट गरिएको जारी प्रेस विज्ञप्ती उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu