मधेशको समस्या पनि चाँडै समाधान होस्: हरिवंश आचार्य



Haribansa-Acharya-1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयको संधर्षपछि अन्तत: नेपालले संविधान पाउने भएको छ । अहिले सबैले नेपालको संविधान २०७२ लाई स्वागत गरिरहेका छन् ।

Click Here to Watch Entertaining Videos
संविधान ल्याउँन नेपाली जनताले निकै दुख खेप्नु पर्यो, कयौले रगत बगाउँनु पर्यो, कयौका कोख रित्तिए, कयौका सिउँदो पुछिए तर त्यसैको फल स्वरुप देशले लामो समयपछि सविधान सभाबाटै संविधान पाएको छ । असोज ३ गते ५ बजे संविधान सभाबाट राष्ट्रपति डा.रामबरण यादबले औपचारिक रुपमा देशमा संविधान आएको घोषणा गर्दैछन्, सायद यो जस्तो खुसी नेपालीहरुले कमै पाएका होलान, जुन असोज ३ गते पाउँदैछन् ।

सरकारले पनि संविधान घोषणा हुने दिन र भोली पल्ट सार्वजनिक विदा समेत दिइसकेको छ । तर संविधान घोषणा भइरहँदा अहिलेपनि तराईमा भने आन्दोलन चलिरहेको छ । यहि विषयमा हाँस्य कलाकार हरिवंश आचार्यलेपनि देशको संविधानलाई स्वागत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘नेपालको संविधान २०७२ पारीत भएकोमा सब्बैलाई बधाई तथा शुभकामना । मधेशको समस्या पनि चाडै समाधान होस् । देशमा अब स्थिरता र समृद्धिको सुरुवात होस्। शुभकामना सबैलाई’ भन्दै स्टाटस लेखेका छन् ।

उनी मात्र होइन अहिले देशको संविधानलाई धेरैले स्वागत गरेका छन् । विभिन्न नेपाली कलाकर्मीहरुले पनि नेपालको संविधान २०७२ लाई स्वागत गर्दै सबैले खुसी मनाउन समेत आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu