वाध्यताका कारण मृगौला बेच्नेको कथा ‘होक्से’ (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसअघि चलचित्र ‘बितेका पल’ बनाएका क्रिश रिजालको निर्माण तथा सयौँ म्यूजिक भिडियो तथा केहि चलचित्र निर्देशन गरेका प्रसन्न पौडेलको निर्देशनमा बनेको ७ मिनेट अवधिको चलचित्र ‘होक्से’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरले दर्शकहरुलाई सजिलै बहकाउन सफल भएको छ ।

hokse-poster

ट्रेलरमा नायक आर्यन सिग्लेद र नायिका नम्रता श्रेष्ठलाई प्राथमिकताको साथ राखिएको छ । यस चलचित्र काभ्रे जिल्लाको होक्से गाउँको घटनासँग सम्बन्धित रहेको छ । त्यहाँका बासिन्दा ठगी र वाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य भएको कथा यस चलचित्रले उठाएको छ । यस चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, प्रेम बानियाँ, मधु न्यौपानेको प्रमुख भूमिका रहेको छ ।

यस चलचित्रको कथा नासयका केकी अधिकारीका भाई बिम्ब अधिकारीले तयार पारेका हुन भने परिकल्पना र निर्देशन प्रसन्न पौडेलको रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu