ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘लुकिमारी’को छायांकन शुक्रबारबाट सुरु भएको छ । चलचित्रमा नायक सौगात मल्लको साथमा रिस्ता बस्नेत र सुरविना कार्कीको मुख्य भुमिका रहनेछ ।
Click Here to Watch Entertaining Videos
श्रीराम दाहालको निर्देशनमा तयार हुने यो चलचित्रमा सुशन प्रजापतिको छायांकन रहनेछ । लामो समयदेखि रंगमञ्चमा सक्रिय श्रीरामले यसअघि छोटा चलचित्र पनि निर्देशन गरेका छन् । चलचित्रमा कर्मा, जेवी डीसी, प्रवाण भुषाल, विक्रम सिंह थारु लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रलाई लिएर कलाकारले उत्साह पनि व्यक्त गरेका छन् । चलचित्रको शुक्रबार पुजा गर्दै छायांकन शुभारम्भ गरिएको हो । तीन कलाकारलाई लिएर निर्देशक दाहालले दर्शकलाई मनपर्ने चलचित्र बनाउने बताए ।