भारतिय दलालले भीमदत्त असफल बनाए: नवल खड्का



nawal
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्रको विकासका लागि अवार्डहरु निकै महत्वपुर्ण मानिन्छन् । अवार्डले चलचित्रसँग चलचित्रकर्मीहरुलाई प्रोत्साहन दिने गर्छ । पछिल्लो समय नेपालमा पनि चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न अवार्ड कार्यक्रमहरु भइरहेका छन, जुन स्वागत योग्य कुरा हो । तर यि सबै कुराहरुसँग पछिल्लो समय नेपाली अवार्डहरुमा पनि भ्रष्टता बढ्दै गएको विभिन्न चलचित्रकर्मीहरुले नै बताउँदै आएको छन् ।

Click Here to Watch Entertaining Videos
यहि विषयमा निर्माता एवं नायक नवल खड्काले पनि सहमती जनाएका छन् । नवलले आफ्नो चलचित्र ‘भिमदत्त’ले यसअघि सम्पन्न कुनै पनि अवार्डको नोमिनेशनमा नपरेको सन्दर्भमा अवार्ड आयोजकमाथि गम्भिर आरोप लगाएका छन् । उनले अवार्ड आयोजना हुनु स्वागतयोग्य भएपनि अवार्ड भ्रष्ट हुने गरेको उनको आरोप छ । नवलले आफ्नो चलचित्रलाई अवार्ड नदिनमा भारतीय दलालहरुको हात रहेको तर्क गरेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रियताको पक्षमा चलचित्र दशगजा निर्माण देखी शुरु भएको उनिहरुसँगको मेरो दुश्मनी चलचित्र भीमदत्तसम्म आईपुग्दा म लगायत मेरो सम्पूर्ण टिमलाई असफल बनाउन सफल भएका छन् भारतीय दलालहरु । भीमदत्तले राष्ट्रियताको पक्षमा भारतिय सेनासँग शाहासीपूर्ण युद्ध लडेका थिए । यो सत्य घटना हो । त्यसै कारणले आज सम्म भएका राष्ट्रिय अवार्ड सरकारले दिनेदेखी लिएर संघ संस्थाले वितरण गर्ने अवार्डमा कुनै पनि विधामा नोमिनेशन सम्म पनि गरेनन् । चारैतिरबाट भीमदत्त चलचित्रलाई घेरा हाली असफल बनाएका छन् । तर यसको मूल्याङकन एक दिन हुनेछ र दलालहरुले उचित सजाय अवश्य पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu