सेलेनाको शरीरमा देखियो ‘ॐ’ को टाटु



selena-Om
युनिसेफकी सदभावना दूत समेत रहेकी हलिउड नायिका तथा गायिका सेलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले बढी चर्चा पाएको हो ।

सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् । सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu