‘कबड्डी-कबड्डी’ ट्रेलर: रिश्माको लागि दयाहाङ् र सौगातको द्वन्द्व



kabaddi-kabaddi-trailer-2
ठुलोपर्दा डटकम, काठंमाण्डौ।
चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कबड्डी कबड्डीको ट्रेलर सार्वजनिक गरिएको हो ।

Click Here to Watch Entertaining Videos
ट्रेलरमा चलचित्रका कलाकारहरुले बोलेको संवाद उत्कृष्ट देखिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्र कबड्डी भन्दा कबड्डी कबड्डी धेरै कुरामा माथी रहेको जानकारी दिए । कार्यक्रममा चलचित्रका नायक सौगात मल्लले चलचित्र राम्रो बनेको दाबी गरे । त्यस्तै कार्यक्रममा बोल्दै कार्यकारी निर्माता निश्चल बस्नेतले चलचित्र कबड्डी कबड्डीलाई उत्कृष्ट बनाउन कुनै कसरत बाँकी नराखेको बताए ।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई शुभकामना दिदै चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र कबड्डी झै कबड्डी कबड्डी पनि उत्कृष्ट बनेको हुनु पर्नेमा विश्वास व्यक्त गरेका थिए ।

चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu