निखिलको अर्को चलचित्र ‘लुटेरा’को टिजर सार्वजनिक (भिडियो)



nikhil-uprety-lootera
ठुलोपर्दा डटकम, काठमाण्डौ।
कात्तिक २७ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र वितरक गोपाल कायस्थको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘लुटेरा’को पहिलो टिजर सार्वजनिक भएको छ । टिजरमा नायक निखिल उप्रेततीको एक्शन पाटोलाई विशेष महत्वका साथ देखाइएको छ ।

Click Here to Watch Entertaining Videos
चलचित्रमा निखिल उप्रेती, निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मी, अमित श्रेष्ठ, प्रियंका कार्की लगायतको मुख्य अभिनय रहेको छ । शिव ढकालको छायांकन, मौनता श्रेष्ठको लेखन, बसन्त सापकोटा र अर्जुन पोखरेको सँगीत, राजु शाह, कविराज गहतराज, रामजी लामिछाने नुत्य र हिमाल के.सी.को एक्शन रहेको यस चलचित्रको काठमाडौं र विरगञ्जमा छायांकन गरिएको हो ।

गोपाल कायस्थको प्रस्तुति रहेको चलचित्र लुटेरालाई बसन्त कुमार श्रेष्ठ र छिरिङ दोर्जे लामाले मिलेर निर्माण गरेका हुन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu