चुनाव लड्दैछन् दयाहाङ् (भिडियो सहित)



dayahang-election
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका कमेडी नायक दयाहाङ् राईले चुनाव लडेका छन् । देशमा नयाँ संविधान जारी भइसकेपछि दयाहाङ्ले भने चलचित्र ‘कबड्डी कबड्डी’मा चुनाव लडेका हुन् ।

Click Here to Watch Entertaining Videos
केहि दिन अगाडी सार्वजनिक चलचित्र ‘कबड्डी कबड्डी’को टिजर देखी सोमबार सार्वजनिक ट्रेलरमा दयाहाङ् चुनाव लड्दै गरेको देख्न सकिन्छ । उनले चलचित्रकी नायिका रिश्मा गुरुङलाई मोहित बनाउँन देखी रिश्मालाई पाउनका लागि चुनाव नलडेको सम्म टिजर र ट्रेलरबाट सजिलै अनुमान लगाउँन सकिन्छ । चलचित्रमा रिश्माका लागि चलचित्रका दुई नायक दयाहाङ् र सौगात मल्लको द्वन्द्व पनि देख्न सकिन्छ ।

मंसिर ११ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा दयाहाङ्, सौगात र रिश्माको अलवा बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu