निशाले अफ्रिकाको किलीमान्जरो हिमाल चढ्ने



nisha-kilimajaro
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नायिका निशा अधिकारीले अफ्रिकाको किलीमान्जरो हिमाल चढ्ने भएकी छन् । अफ्रिकाको उक्त उच्च हिमालको आरोहण निशाले अक्टुवर एक तारिख देखि सुरुवात गर्नेछिन् । यसका लागि उनी सेप्टेम्बरको अन्तिममा त्यसतर्फ जाने बताइएको छ ।

Click Here to Watch Entertaining Videos
अमेरिकाबाट केहि दिन अगाडी मात्रै नेपाल आएकी निशाले पुन सर्वोच्च शिखर सगरमाथामा फहराएको नेपाली झण्डा र नेपाल कलाकार संघको झण्डा अफ्रिकाको किलीमान्जरोमा पनि फहराउने छिन् । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निशाले अफ्रिकाको उच्च हिमाल किलीमान्जरो आरोहण गर्ने बारे औपचारिक जानकारी दिइन् । पत्रकार भेटघाटमा निशाले सिङ्गो नेपाली नारीको प्रतिनिधित्व गर्दै अफ्रिकाको उच्च हिमाल आरोहण गर्न लागेको बताइन् ।

उनले भनिन्, ‘बालबालिकाहरुको लागि ब्लाङकेट र न्यानो कपडाका लागि सहयोग रकम जुटाउन हिमाल चड्न लागेको हुँ ।’ ५ हजार ब्लाङ्केटका लागि करिब २५ लाख सहयोग संकलन गर्ने उनको उद्देश्य छ । बालबालिकाहरुलाई सहयोग गर्न चाहानेहरुले न्यानो कपडा र आर्थिक सहयोग गर्न सक्ने छन् । उनले चढ्न लागेको हिमाल अफ्रिकाको सर्वोच्च हिमाल हो । जसको उचाई ४ हजार ८ सय ७७ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu