निर्णय विपरित नेफ्टा अवार्ड बाँडिएपछि जुरीको आपत्ती



Aaryan
पपुलर अवार्ड लिएपछि नायक आर्यन सिग्देल । आठौँ नेफ्टा अवार्डको प्रतिनिधी तस्विर ।

ठूलोपर्दा डटकम, काठमाण्डौ।
केहि दिन अगाडी मात्रै कतारमा आठौं नेफ्टा फिल्म अवार्ड सकियो । अवार्डमा सहभागी हुन गएको चलचित्रकर्मीहरुलाई आयोजक संस्था नेपाल चलचित्र प्राविधिक संघले सस्तो टिकटको लोभमा युएईको शारझा एयरपोर्टमा अलपत्र पारेको कुरा अस्ताउँन नपाउँदै फेरी अर्को सनसनपुर्ण खबर बाहिर आएको छ ।

Click Here to Watch Entertaining Videos
आठौं नेफ्टा फिल्म अवार्डका जुरी सदस्य विरेन्द्र हमालले पूर्व निर्णय विपरित अवार्ड दिएको भन्दै फेसबुकमा स्टाटस लेखेका छन् । उनले आफ्नो फेसबुकमा दुईवटा स्टाटस लेख्दै आफ्नो असन्तुष्टि पोखेका छन् । उनले यस्तो लेखे, ‘हालै कतारमा भएको नेफ्टा अवार्डका केही विधामा भएको निर्णयमा मेरो घोर विरोध छ ।’

त्यस्तै दोस्रो स्टाटसमा उनले, ‘म पनि यस अवार्डको जूरी मेम्बर रहेकोले केही विधामा आपत्ति । यस्तो गर्न नहुने हो । नेपाली एक्टरहरुको घोर अपमान हो र कदर नभएको ठहर भयो । दुःख लाग्यो’ भन्दै आक्रोस पोखेका छन् । हमालले जुरीको निर्णय विपरित केहि कलाकारलाई अवार्ड वितरण गरिएको भन्दै असन्तुष्टि पोखे पनि कुन विधाका कुन कलाकारलाई निर्णय विपरित अवार्ड प्रदान गरिएको हो भन्ने चाहिँ खुलाएका छैनन् । स्टाटससँगै उनले अरुले गरेको प्रश्नको उत्तर दिदै केहि कमेन्टहरु पनि गरेका छन् ।

जसमा ‘नेफ्टा अवार्ड यस्तो हुनुहुँदैन् । प्लिज यो गलत हो । यसले कला र कलाकारिताको उपहास गरेको हो । हामी गुड फिल्मको कुरा गर्छौ, गुड एक्टको कुरा गर्छौ अनि हामीले नै ‘राइट’ कामको मुल्याकंन नगर्ने ? किन ? यो रोकिनुपर्छ । हैन भने कोठामा बसेर दिए भइ गो नि । यस्तो निर्णयले हामी, हाम्रो सोच कहाँ छ ? र कस्तो मान्छेको सोच हो थाहा हुन्छ । अनि हामीले वा मैले किन गर्व गर्नु ? के म विरेन्द्र हमाल हो ? किन ? कदर, इज्जत खै ?’ यसैगरी दोस्रो कमेन्टमा हमालले ‘यो गलत हो । यस्तो हुनुहुँदैन कलाकार साथीहरु’ भनेका छन् भने तेस्रो कमेन्टमा ‘अवार्ड भनेको के हो ? किन दिने ? केको लागि दिने? कृपया भनिदिनो स्। मैले नबुझेको हो कि ?’ भन्दै प्रतिप्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu