प्रह्लादको ‘पिरतीको खेल’ (भिडियो)



prahlad
ठुलोपर्दा डटकम, काठमाण्डौ।
आफ्नो पहिलो एल्बम ‘महक’मा समावेश सम्पुर्ण गीतहरुबाट राम्रो सफलता हात पारेपछि गायक प्रह्लाद तिमल्सिनाले ‘महक २’ बजारमा ल्याउँदै छन् । एल्बम ‘महक २’ मा समावेश ‘पिरतीको खेल’ बोलको भिडियोको प्रोमो भने प्रह्लादले सार्वजनिक गरेका छन् ।

Click Here to Watch Entertaining Videos
चाँडै सार्वजनिक गरिने भिडियोमा गायक प्रह्लाद, बर्षा र सिद्रिनाले अभिनय गरेका छन् । कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोलाई दिर्घ गुरुङले खिचेका हुन् भने अर्जुन जि.सी.ले सम्पादन गरेका हुन् । ‘पिरतीको खेल’ बोलको गीतमा निश्चल श्रेष्ठको शब्द रहेको छ भने विकास चौधरीको संगीत रहेको छ ।

यस अघि प्रह्लादले बजारमा ल्याएको एल्बम महकमा ‘हे तारा हे घाम’, ‘अप्सरा भनुँ कि’, ‘बारुले कम्मर’, ‘सुनकेशरी नानी’, ‘हेर्दा हेर्दै आकाश’, ‘यो मनलाई’, ‘तिम्रो मनमा’ र ‘ठुला-ठुला आँखा’ बोलका गीतहरु समावेश थिए ।

हेर्नुहोस् प्रोमो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu